• Monday 27th of July 2026

काबुल बिस्फोटमा पत्रकार सहित दुईको मृत्यु, छ जना घाइते


  • गोकर्णेश्वर अनलाइन

काबुल, १८ जेठ (रासस–एएनआई) – अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ । खुर्शिद टिभीका प्रधान सम्पादक रफी सेद्दीकीले उक्त घटनामा टिभीका अरु छ जना कर्मचारी घाइते भएका जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । अफगानिस्तानका पूर्व प्रमुख कार्यकारी अधिकृत अब्दुल्लाह अब्दुल्लाहले ट्वीट गर्दै खुर्शिद टिभीको सवारी साधनमाथि भएको आक्रमणबाट आफू अत्यन्त दुःखित भएको बताउनुभएको छ ।

आतंकवादी यस कार्यको विस्तृत अनुसन्धान गर्न उहाँले सरकारी अनुसन्धान निकायहरुलाई अनुरोध पनि गर्नु भएको छ । अफगानिस्तानका राष्ट्रपति कार्यालयका प्रवक्ता सेदिक सेद्दीकीले पनि उक्त घटनाको निन्दा एवं भत्र्सना गर्नु भएको छ । उहाँले खुर्शिद टिभीमाथि भएको यस किसिमको आततायी र कायरतापूर्ण कार्यको अफगान सरकारले घोर भत्र्सना गर्दछ भन्नुभएको छ । प्रवक्ता सेद्दीकीले अफगान सरकार संचार माध्यमको पक्षमा लगातार उभिइरहने बताउनु भएको छ । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology