• Monday 27th of July 2026

ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

रियो दि जेनेरियो, २३ जेठ (रासस–एएनआई) – कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ । विश्वमा संयुक्तराज्य अमेरिका र बेलायतपछि सबैभन्दा बढी व्यक्तिको मृत्यु ब्राजिलमा भएको छ । साथै, विगत २४ घण्टामा ३० हजार ९२५ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिको संख्या ६ लाख १५ हजार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology