• Monday 27th of July 2026

मेक्सिकोमा एक लाख १३ हजार कोरोना संक्रमित


  • गोकर्णेश्वर अनलाइन

मेक्सिको, २५ जेठ (रासस–एएनआई) – मध्य अमेरिकी मुलुक मेक्सिकोमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरसको महामारीबाट तीन हजार ६०० नयाँ संक्रमित देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । मेक्सिकोमा योसहित कूल संक्रमितको संख्या एक लाख १३ हजार पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको संक्रमणबाट मेक्सिकोमा मृत्यु हुनेको संख्या १३ हजार ५०० नाघेको छ । संक्रामक रोग निवारण केन्द्रका निर्देशक जोजे लुइज अलोमियाले अझै पनि एक हजार १८९ जनाको मृत्यु शंकास्पद रहेको र उनीहरुको स्वास्थ्य बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

मेक्सिकोमा एक हप्ताअघि मात्र करिब ९० हजार संक्रमित रहेका र करिब ९ हजारको ज्यान गएको थियो । तर पछिल्लो साता नयाँ संक्रमित भेटिने दरमा केही कमी आएको छ, तर संक्रमित व्यक्तिको मृत्यु हुने दरमा भने वृद्धि भएको छ । गत आइतबार एक साताको अवधिमा २ हजार ५०० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएकामा यस साता करिब ४ हजारको ज्यान गएको देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology