• Monday 27th of July 2026

धार्मिक विद्यालयमा विस्फोट सातको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

सिरियामाथिको अमेरिकी प्रतिबन्धले सिरियामा समस्या हुने इरानको भनाई तेहरान, ४ असार (रासस÷एएफपी) ः अमेरिकाले सिरियामाथि लागेको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ । सिरियाली राष्ट्रपति बसर अल असदसँग कामगर्ने सिरियाली कुनै पनि कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । सो कार्यको विरोध गर्दै इरानले सो घटनाले यसै पनि युद्धमा रहेको सिरियालाई थप समस्या पार्ने बताएको छ । यस कार्यलाई इरानले क्रुर भनेको छ । अमेरिकाको यस्तो क्रुर कार्यको संज्ञा दिँदै यस्ता कार्यमा इरानले कहिल्यै विश्वास नगर्ने जनाएको छ ।

इरानले त्यस्ता कार्यहरु अन्तर्राष्ट्रिय कानुन र मान्यताको विरुद्ध रहेको पनि बताएको छ । अमेरिकाले सिरियाली राष्ट्रपति बसर अल असद र उहँकी श्रीमतीसँग कामगर्ने कुनै पनि कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यसबाट सिरियामा ठूलो आर्थिक संकट पर्नसक्ने बताइएको छ । कोरोना भाइरसको संकटका समयमा अमेरिकाले यसरी युद्धग्रस्त देश सिरियामा यस्तो प्रकारको आर्थिक नाकाबन्दी लगाउनुलाई इरानले क्रुर काम भनेको छ । इरान पनि सन् २०१८ देखि अमेरिकी नाकाबन्दीमा रहेको छ । इरानसँगको पारमाणविक सम्झौताबाट एकतर्फी रुपमा पछि हटेर अमेरिकाले सन् २०१८ देखि इरानमाथि आर्थिक नाकबन्दी लगाउँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology