• Monday 27th of July 2026

आइफेल टाबर १०४ दिनपछि खुल्यो


  • गोकर्णेश्वर अनलाइन

पेरिस, ११ असार (रासस–एएफपी) – कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टाबर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ । विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टाबर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ । बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टाबरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ । सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टाबरको लिफ्ट भने बन्द गरिने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology