• Wednesday 29th of July 2026

सुन्दर मार्ग कालोपत्र


  • गोकर्णेश्वर अनलाइन

तनहुँको प्रसिद्ध धार्मिकस्थल जाने व्यास नगरपालिका–१ छाब्दी मार्गको उत्तर र दक्षिणतर्फ पर्ने गल्बुबेसी टोलको सुन्दर मार्गमा कालोपत्र गरिएको छ । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको साँसद विकास कोषबाट विनियोजित रु।२५ लाखको लागतमा उक्त मार्ग कालोपत्र गरिएको हो । छाब्दीमार्गको दक्षिण तर्फ एक सय ४० मीटर कालोपत्र र उत्तर तर्फ ६४ मीटर मार्ग ग्राबेल सहित पक्की नाला निर्माण सम्पन्न गरिएको सुन्दर मार्ग निर्माण समितिका अध्यक्ष रामचन्द्र भट्टले जानकारी दिनुभयो ।

दुवै क्षेत्रका सडकमा पक्की नाला समेत निर्माण गरिएपछि स्थानीयवासीहरु खुशी भएको भएका छन् । टोलको सडक कालोपत्रे तथा नाला निर्माण सम्पन्न पछि टोलबासीको मुहार फेरिएको समितिका सचिब चन्द्रकान्त बाँस्तोलाले बताउनुभयो । त्यस क्षेत्रका बासिन्दाहरुले वर्षौदेखि हिलो र धुलोको सामाना गर्दै आएका थिए । प्रदेश सरकारको सहयोगमा आफ्नो टोल बिकास क्षेत्रमा विकासको लहर आएपछि स्थानीयबासी खुशीले गद्गद् भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology