• Tuesday 28th of July 2026

कोरोना भाइरसबाट विश्वमा पाँच लाख २४ हजार भन्दा बढीको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

१९ असार (रासस÷एएफपी) : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २४ हजार ४०६ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १० लाख १ हजार २३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६१ लाख ६२ हजार ४६३ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४३ लाख १४ हजार १५४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ८७३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ३७ हजार १८९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३१ हजार ४८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा २३ लाख ६३ हजार ७२२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८९ हजार ३८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३३ लाख १५ हजार ४५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७२ हजार ७८४ जनाको मृत्यु भएको छ । युरोपमा २४ लाख ४१ हजार ६३६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९२ हजार ५९६ को मृत्यु भएको छ । एसिया २४ लाख २७ हजार ४६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५८ हजार ९९८ जनाको मृत्यु भएको छ । अफ्रिकामा ४ लाख ३५ हजार ६०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ६८३ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ७०८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology