• Wednesday 29th of July 2026

युवकको मृत्युपछि ट्याङ्करमा आगजनी


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका–७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको आज मृत्यु भएको छ । दुर्घटनास्थल नजिक दुई वटा पानी बोक्ने ट्याङ्करले नै मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको जनाउँदै आक्रोसित स्थानीयले दुवै ट्याङ्करमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । उहाँले दुर्घटनामा परी से६प ६४२६ नं मोटरसाइकलमा सवार ठकुरीको घटनास्थलमै मृत्यु भएको बताउनुभयो ।

“स्थानीयले पानी ट्याङ्करले ठक्कर दिएर दुर्घटना भएको आरोप लगाएका छन्”, उहाँले भन्नुभयो, “घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।” स्थानीयले बा१क ९७८४ र से१क १७४ पानी ट्याङ्करमा आगजानी गरेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा तनाव बढेपछि सदरमुकाम भीमदत्तनगरबाट प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल जाँदैछ । स्थानीयले मृतकको शव उठाउन मानेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology