• Saturday 25th of July 2026

एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड


  • गोकर्णेश्वर अनलाइन

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो । उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेको छन् । कूल ४६ हजार ५७९ जनाले गोलाप्रथाको माध्यमबाट थप १० कित्ता शेयर प्राप्त गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

सो लघुवित्तले प्रतिशेयर रु १०० अङ्कित दरका ४६ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कित्ता कर्मचारीलाई, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता साधारण शेयर यही असार १० देखि १४ गतेसम्म सर्वसाधारणलाई बिक्री गरेको थियो । सो सार्वजनिक निष्कासनमा ५.१९ गुणा बढी आवेदन परेको थयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology