• Monday 27th of July 2026

अस्ट्रेलियाका अर्थमन्त्रीद्वारा राजनीतिबाट अलग हुने घोषणा


  • गोकर्णेश्वर अनलाइन

अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोम्र्यानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिने आइतबार घोषणा गर्नुभएको छ । कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुनुहुन्छ । उहाँले राजनीतिलाई आफ्नो जीवनको सबैभन्दा ठूलो अवसर बताउनुभएको छ । सन् २००७ मा पश्चिमी अस्ट्रेलियाको सिनेटरका रूपमा निर्वाचित बन्नुभएका कोम्र्यानले सन् २०१३ पछि बनेका विभिन्न सरकारको अर्थमन्त्रीका रूपमा काम गर्दै आउनुभएको छ । कोम्र्यानले आफ्नो राजनीतिक जीवनबाट विदा लिन लाएको जानकारी गराउँदै जारी वक्तव्यमा भनिएको छ, “म यस पद(अर्थमन्त्री) का रूपमा यस वर्षको बजेटलाई तयार गर्दासम्म रहनेछु । कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा वार्षिक बजेट तयार गर्ने मिति आगामी अक्टोबरका लागि सारिएको छ ।

“मैले यो काम मन पर्छ । मैले हरेक दिन यसैका लागि अर्पण गर्ने गरेको छु । तर यस वर्षको अन्त्यसम्म यो सरकारको आधा कार्यकाल पनि सकिनेछ ।” उहाँले भन्नुभयो, “अर्को निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गर्दै मैले प्रधानमन्त्री स्कट मोरिसनसँग सल्लाह गरिसकेको छु कि सन् २०२० को अन्त्य नै मलाई आफ्नो पदबाट विदा लिन उपयुक्त समय हुनेछ ।” कोम्र्यानको राजिनामा यति वेला आएको छ जति वेला अस्ट्रेलियाले विश्वव्यापी महामारीका कारण ठूलो बजेट घाटाको सामना गरिरहेको छ । कोम्र्यानको राजिनामासँगै प्रधानमन्त्री मोरिसनले आफ्नो मन्त्री परिषद्मा फेरबदल गर्नुहुने पनि अनुमान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology