• Monday 27th of July 2026

अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा


  • गोकर्णेश्वर अनलाइन

संयुक्त राज्य अमेरिकाले फ्रान्सबाट अमेरिका आयात हुने सामानमा एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने घोषणा गरेको छ । फ्रान्सले डिजिटल सेवामा कर बढाउने निर्णयले अमेरिकी प्राबिधिक कम्पनीहरूमा प्रमुख असर पर्ने भन्दै अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले स्थानीय समय अनुसार शुक्रबार उक्त घोषणा गरेको हो । “अमेरिकी व्यापार प्रतिनिधि निकायले फ्रान्सको डिजिटल सेवा करमार्फत अमेरिकी कम्पनीबाट उठाउने थप कर बराबरको रकम फ्रान्सबाट अमेरिका आयात हुने उत्पादनबाट पूर्ति गर्नेगरी कर वृद्धि गर्ने निर्णय गरिएको छ,” अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयद्वारा सूचनामा उल्लेख छ । “वासिङ्टनले फ्रान्सबाट आयात हुने सामानमा थप २५ प्रतिशत करबाट उसले डिजिटल सेवामा कर उठाउँदा अमेरिकी कम्पनीलाई पर्ने व्ययभारलाई व्यवस्थापन गर्नेछ तर आगामी १८० दिन अर्थात् सन् २०२१ को जनवरी ६ सम्म अन्य सहमतिका लागि उक्त निर्णयलाई कार्यान्वयन नलग्ने बताएको छ ।”

यो अवधिमा द्विपक्षीय तथा बहुपक्षीय छलफलमार्फत् यस विषयमा सन्तोषजनक दृष्टिकोण निस्कने अमेरिकी बुझाई रहेको छ । फ्रान्सको डिजिटल सेवा कर प्रशासनबारे अमेरिकाले धारा ३०१ को छानविनलाई पूरा गरेको बताइएको छ । तर फ्रान्स र अमेरिकाले अन्तरर्राष्ट्रिय करबारे ‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी)’ मा बहुपक्षीय सम्झौता जारी रहेकोले शुल्कबारे केही ढिलाई गर्ने सहमति भएको पनि अमेरिकाले बताएको छ । यूरोपेली चार अर्थमन्त्रीहरूलाई अमेरिकी अर्थमन्त्री स्टेभेन मनुचिनले गत जुनमा लेखेको पत्रमा अमेरिका डिजिटल कर निर्धारणका लागि हुने छलफलमा सहभागी नहुने बताउनुभएको थियो । यसैका कारण ओइसीडीको छलफल निष्कर्षमा पुग्न नसकेको यूरोपेली अधिकारीहरूले बताएका छन् । मनुचिनको पत्रको जवाफमा फ्रान्सका अर्थमन्त्री ब्रुनो लेमाइरले सहमतिको नजिक पुगेका समय प्राप्त पत्रले ओइसीडी सदस्यलाई उत्तेजित पार्ने काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जेसुकै भएपनि फ्रान्सले यो वर्ष डिजिटल कम्पनी तथा सेवाहरूमाथि कर लगाएरै अघि बढ्नेमा दृढ छ ।” अमेरिकाले इयू, ब्राजिल र भारतजस्ता विभिन्न १० व्यापारिक सहयात्रीलाई मध्यनजर गर्दै डिजिटल सेवा करबारे अनुसन्धानका लागि अमेरिकी व्यापार कानूनको धारा ३०१ सक्रिय पारिएको हो । उक्त धारालाई फ्रान्सले सन् १९७४ मा अङ्गीकार गरेको तर प्रयोगविहीन बनिसकेको तथाकथित अमेरिकी व्यापार कानूनका रूपमा उल्लेख गरेको छ । यसैमा टेकेर अमेरिकी राष्ट्रपतिले एकपक्षीयरूपमा विदेशी मुलुकहरूमाथि विविध व्यापार प्रतिबन्धहरू लगाएको दावी आलोचकहरूको रहेको छ । विश्वभरका व्यापारिक संघसंगठनहरूले एक पटक प्रयोगबिहीन बनिसकेको धारा ३०१को पटकपटकको प्रयोग विश्व व्यापार संगठनको नियम विपरित भएको भन्दै चासो व्यक्त गरिरहेका छन् ।

उनीहरूले अमेरिकी उक्त धाराको प्रयोगले पहुपक्षीय व्यापार प्रणाली र विश्वव्यापी आपूर्ति व्यवस्थालाई कमजोर बनाउने र प्रभावित पार्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology