• Monday 27th of July 2026

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७१ हजार भन्दा बढीको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

२९ असार (रासस÷एएफपी) : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५१० जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४८ लाख ८२ हजार १४१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख १३ हजार ९९५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३७ हजार ७८२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा २८ लाख ९४ हजार ६११ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५ हजार २०९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७१४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८६ हजार ९० जनाको मृत्यु भएको छ । युरोपमा २५ लाख ७१ हजार ६९८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ ।

एसिया २९ लाख ६४ हजार ६९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७० हजार ३७८ जनाको मृत्यु भएको छ । अफ्रिकामा ५ लाख ९८ हजार २५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार २८६ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ६४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology