• Monday 27th of July 2026

इन्डोनेसियामा बाढी १६ को मृत्यु २३ बेपत्ता


  • गोकर्णेश्वर अनलाइन

३१ असार (रासस ÷एएनआइ) : इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । यस बाढीका परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ । बेपत्ता व्यक्तिको उद्धार कार्य जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सुलावेसी प्रान्तको मसाम्बा, रोङ्गकोङ र मेल्ए जिल्लाको नदीहरुका आएको बाढीको कारण त्यहाँका पाँच हजार परिवार प्रभावित भएका छन् ।

आइतबार र सोमबार आएको भीषण वर्षाको कारण सो नदीहरुमा बाढी आएको बताइएको छ । कैयौ भवन, सडक र केही गाउँ समेत बाढीको डुबान परेको सो इलाकामा फसेका व्यक्तिहरुको उद्धार कार्य समेत कठिन भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology