• Tuesday 28th of July 2026

नागरिक अधिकारका लागि सिंह मानिने अमेरिकी सांसद लेविसको निधन


  • गोकर्णेश्वर अनलाइन

अमेरिकामा नागरिक अधिकारका लागि सिंह मानिने सांसद जोन लेविसको निधन भएको छ । नागरिक अधिकारको लडाईका लागि अमेरिकामा अनुकरणीय, प्रशंसनीय र उच्च आदरणीय व्यक्तिको रुपमा चिनिने लेविसको ८० बर्षको उमेरमा निधन भएको हो । उहाँको गत शुक्रबार निधन भएको अमेरिकाका सभामुख नान्सी पेलोसीले पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ । सभामुख पेलोसीले स्वर्गीय लेविसलाई नागरिक अधिकारका लागि लडेको असाधारण व्यक्तिको रुपमा स्मरण गर्नुभएको छ ।

उहाँप्रति समवेदना व्यक्त गर्दै सभामुख पेलोसीले उहाँलाई राष्ट्रले सधैँ सम्झिरहने र आदर गरिरहने पनि विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार राति उहाँले शोक वक्तव्य प्रकाशित गर्दै आफ्नो अति नै आदरणीय र प्रिय व्यक्तिलाई गुमाउनु पर्दा दुःख लागेको उल्लेख गर्नुभएको छ । उहाँलाई गत सन् २०१९ को डिसेम्बर महिनामा पाचन ग्रन्थीमा क्यान्सर भएको पत्ता लागेको थियो । उहाँको उपचारकै क्रममा निधन भएको हो । उहाँको सन् १९४० मा अलाबामा भन्ने ठाउँमा सामान्य किसान परिवारमा जन्म भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology