• Saturday 25th of July 2026

१५ अङ्कले घट्यो नेप्से


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४९.९४ अङ्कमा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५६ अङ्कले घटेर ३०७.०५ मा पुगेको छ । आज कुल १८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता शेयर रु एक अर्ब ८७ करोड २२ लाख २० हजार ४४७ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये चार उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ ।

बैंकिङ २०.७५, विकास बैंक १३.०३, जलविद्युत् २१.४५, वित्त ६.२, निर्जीवन बीमा ३१.१८, अन्य ३.८, लघुवित्त ७.०२ र जीवन बीमा १०९.१२ अङ्कले घट्दा व्यापार २१.८४, होटल ८२.४५, उत्पादन ७४.६४ र सामूहिक लगानी कोषको शेयर ०.०६ अङ्कले बढेको छ । कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १४ करोड २४ लाख ८४ हजार २९९ मा खरिदबिक्री भयो । यस्तै एनएमबी बैंक रु १३ करोड ९७ लाख ५२ हजार ८३९, नेपाल पुनर्बीमा कम्पनी रु १२ करोड ४२ लाख ९१ हजार ८३२, एनआइसी एसिया बंैक रु ११ करोड ४४ लाख २५ हजार ६१५ र नेपाल लाइफ इन्स्योरेन्सक कम्पनीको शेयर रु १० करोड २६ लाख ४० हजार ९६६ मा खरिदबिक्री भयो ।

नेप्से घटेपनि आज सबैभन्दा बढी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.८८ प्रतिशतले कमाए । यस्तै श्रीराम सुगर मिल्स ९.७८, समृद्धि फाइनान्स कम्पनी ९.२८, सोल्टी होटल ६.७६, युनिलिभर नेपाल ६.२५ र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ५.४७ प्रतिशतले कमाए । हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.८० प्रतिशले गुमाउदा गुराँस लघुवित्त वित्तीय संस्था ९, स्पर्स लघुवित्त वित्तीय संस्था ७.५४, घोडीघोडा लघुवित्त वित्तीय संस्था ७.३१, खानीखोला हाइड्रोपावर ६.८० र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.३४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology