• Saturday 25th of July 2026

स्रोत नखुलेको रु २० लाख नगदसहित एक पक्राउ


  • गोकर्णेश्वर अनलाइन

सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिनुभयो ।

भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो । पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ ।

ज्ञान केन्द्र स्थापन गरिने

प्रदेश २ सरकारले प्रदेशको आठवटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्थापना गर्ने भएको छ । हाल कृषि ज्ञान केन्द्र नरहेका सिरहा र महोत्तरी तथा भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नरहेका सप्तरी र बारामा थप कार्यालय स्थापना गर्ने निर्णय भएको प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । नयाँ स्थापना हुने कृषि ज्ञान केन्द्र खारेजीमा परेका साविकका कृषि विकास कार्यालयको भवनमा तथा भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र जिल्लामा खारेजीमा परेको साविक जिल्ला पशु कार्यालयको भवनमा कार्यालय स्थापना गरिने उहाँले बताउनुभयो । केन्द्र र भेटेनरी अस्पताल नहुँदा किसान समस्यामा परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology