• Tuesday 28th of July 2026

पश्चिम अफगानिस्तानमा सैनिक कारबाही, आठ लडाकू मारिए


  • गोकर्णेश्वर अनलाइन

फिरोजकोहा, अफगानिस्तान, ११ साउन (रासस–सिन्ह्वा) – अफगानिस्तानको घोर प्रान्तको शाहराक जिल्लामा सरकारी सेनासँग भएको भिडन्तमा एक जना मुख्य तालिबान कमान्डर सहित आठ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । अफगान सेनाद्वारा जारी वक्तव्यमा आइतबार भएको उक्त भिडन्तमा तालिबान कमान्डर मुल्लाह खक्सारको मृत्यु भएको उल्लेख छ । तालिबान कमान्डर मुल्लाह खक्सारको नेतृत्वमा आएको तालिबान समूहको एक टोलीले खारिस्तान क्षेत्रको एउटा सुरक्षा जाँच चौकीमा आक्रमण गरेपछि भिडन्त भएको थियो ।

सरकारी सेनाको जवाफी कारबाहीमा कमान्डर खक्सार सहित आठ जनाको घटनास्थलमै मृत्यु भएको र अरु लडाकू त्यहाँबाट भागेको सेनाले जनाएको छ । घोर प्रान्तका तालिबानमाथि कमान्डर खक्सारको मृत्युले ठूलो क्षति पुगेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फिरोज कोह राजधानी रहेको घोर प्रान्तमा तालिबानको प्रभावशाली उपस्थिति रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology