• Saturday 25th of July 2026

शेयर बजार : दोहोरो अङ्कको वृद्धि


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा पुगेको छ । कूल १९० कम्पनीका ४५ लाख ६०३ कित्ता शेयर रु एक अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । होटल २.२९, जलविद्युत् २.२ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ ।

बैंकिङ १६.५, व्यापार ८.५१, विकास बैंक ४.७३, वित्त ३.३३, निर्जीवन बीमा २५९.६४, उत्पादन ५.७३, अन्य १३.७९, लघुवित्त २७.६५, जीवन बीमा ३३८.८ अङ्कले बढेका छन् । कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड ८४ लाख १८ हजार १०७ बराबरको कारोबार भयो । यस्तै नेपाल पुनर्बीमा कम्पनी रु १९ करोड ९४ लाख ५२ हजार ९१६, एनआइसी एशिया बैंक रु आठ करोड ६१ लाख ८६ हजार २५१, शिखर इन्स्योरेन्स रु आठ करोड ५७ लाख ६८ हजार १३२, एनएमबी बैंक रु छ करोड ६७ लाख ३५ हजार १४२, हिमालयन डिस्टिलरी रु छ करोड ४४ लाख ३० हजार ३८७ र एनआइसी एशिया लघुवित्त रु छ करोड २९ लाख २५ हजार १५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, मिर्मिर माइक्रोफाइनान्स ९.९७, तारागाउँ रिजेन्सी होटल ९.९६, जोशी हाइड्रोपावर ८.२३, सगरमाथा इन्स्योरेन्स ८.११, सपोर्ट माइक्रोफाइनान्स ७.५६, प्रिमियर इन्स्यारेन्सका शेयरधनीले ६.१४ प्रतिशतले कमाए । त्यस्तै, वेस्ट फाइनान्स कम्पनी ६.५४, नेशनल हाइड्रोपावर ३.७०, सनराइज फष्ट माइक्रोफाइनान्स ३, समृद्धि फाइनान्स २.८८, रसुवागढी हाइड्रोपावर २.६८ र एभरेष्ट बैंकको संस्थापक शेयरधनीले २.५० प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology