• Friday 31st of July 2026

पहिराले पुरेर एकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

पाल्पामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अबिरल वर्षा भएपछि पहिराले खेत नोक्सान पु-याउन थालेको रोक्न राति खेतमा गएका अर्याललाई असर्दीको बतासेखोला छेउमा आएको पहिराले बगाउँदा मृत्यु भएको वडाध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । पहिराले बगाएर अर्याललाई १० मिटर तल लगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology