• Saturday 25th of July 2026

शेयर बजार : झण्डै आठ अङ्कले घट्यो नेप्से


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक भण्डै आठ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.५९ ले घटेर एक हजार ४५४.८९ मा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.६४ ले घटेर ३०५.६७ पुगेको छ । कूल १८५ कम्पनीको ३२ लाख ४७ हजार ६८ कित्ता शेयर रु एक अर्ब २५ करोड ९७ लाख ५१ हजार ५५७ मूलयमा खरिद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर उकालो लागेको छ । दश उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त ०.१२ र सामूहिक लगानी कोष ०.१४ ले बढेको छ । बैंकिङ ६.७२, व्यापार १७.३२, होटल २.९८, विकास बैंक १२.३, जलविद्युत् ३.६३, निर्जीवन बीमा ५७.६१, उत्पादन ३८.३४, अन्य ०.९७, लघुवित्त ९.९९ र जीवन बीमा ५०.५१ ले घटेको छ ।

स्टकका अनुसार आज कारोवारमा आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ३५ लाख ७६ हजार १५९ बराबरको कारोवार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु नौ करोड ८९ लाख २८ हजार ९०८, एनएमबी बैंक रु छ करोड ४१ लाख ९१ हजार ४५६, एनआइसी एशिया रु पाँच करोड ६२ लाख ७० हजार ४०, हिमालयन डिस्टिलरी रु पाँच करोड ४५ लाख ९१ हजार ३५९, एनआइसी एशिया लघुवित्त रु चार करोड ९४ लाख ७८ हजार ७९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार मिर्मिरे माइक्रो फाइनान्स ९.९४, जोशी हाइड्रोपावर ९.०९, मल्टीपर्पोज फाइनान्स ५.५६, हिमालयन पावर पार्टनर ५.३०,एनआइसि एशिया ब्यालेन्ुस फण्ड ४.२८ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३.९२ प्रतिशतले कमाए । यस्तै, पोखरा फाइनान्स ५.०३, नेपाल हाइड्रो ३.०१, तिनाउ मिशन डेभलपमेन्ट बैंक २.८६, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर २.८५ र हिमालयन जनरल इन्स्योरेन्सका शेयरधनीले २.५७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology