• Saturday 25th of July 2026

विराटनगरमा सामाजिक सुरक्षा भत्ता रु ३६ करोड वितरण


  • गोकर्णेश्वर अनलाइन

विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०७६÷७७ मा सामाजिक सुरक्षा भत्ताबापत रु ३५ करोड ७३ लाख ३८ हजार ९०० वितरण गरेको छ । महानगरपालिकाले पहिलो चौमासिक भत्ताअन्तर्गत अशक्त ३०७ लाई रु १९ लाख ८० हजार ८००, एकल महिला ६८९ लाई रु ६६ लाख ६० हजार, ज्येष्ठ नागरिक पाँच हजार ३०३ लाई रु छ करोड ३५ लाख ६७ हजार, ज्येष्ठ नागरिक (दलित) ६७७ लाई रु ५९ लाख ५० हजार, पूर्ण अपाङ्गता २७६ लाई रु ३३ लाख २८ हजार, बालबालिका सुरक्षाअन्तर्गत ६४२ लाई रु १० लाख १० हजार ४०० र बिधवा चार हजार ९० लाई रु तीन करोड ३१ लाख ३४ हजार वितरण गरेको सुरक्षा भत्ता वितरण शाखाका लक्ष्मीप्रसाद धिमालले जानकारी दिनुभयो ।

यस्तै दोस्रो चौमासिकमा अति अशक्त ३६९ लाई रु २३ लाख ७३ हजार ६००, एकल महिला ६३९ लाई रु ६१ लाख २८ हजार, ज्येष्ठ नागरिक पाँच हजार ४३५ लाई रु छ करोड ४८ लाख ७६ हजार, ज्येष्ठ नागरिक (दलित) ६९७ लाई रु ६० लाख ६२ हजार, पूर्ण अपाङ्गता ३०४ लाई रु ३६ लाख ५६ हजार, बालबालिका सुरक्षाअन्तर्गत ६८८ लाई रु १० लाख ८८ हजार ४००, विधवा चार हजार ३७४ लाई रु तीन करोड ५६ लाख आठ हजार वितरण गरिएको छ । यसैगरी तेस्रो चौमासिकमा अशक्त ३९१ लाई रु २५ लाख ४० हजार, एकल महिला ६६४ लाई रु ६४ लाख ६५ हजार ६००, ज्येष्ठ नागरिक पाँच हजार ३८७ लाई रु छ करोड ५४ लाख ५१ हजार, ज्येष्ठ नागरिक (दलित) ७०७ लाई रु ६२ लाख ९८ हजार, पूर्ण अपाङ्गता ३१७ लाई रु ३८ लाख २४ हजार, बालबालिका सुरक्षाअन्तर्गत ६७१ लाई रु १० लाख ७२ हजार र विधवा चार हजार ४९९ लाई रु तीन करोड ६८ लाख ४६ हजार वितरण गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology