• Tuesday 28th of July 2026

पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघ्यो


  • गोकर्णेश्वर अनलाइन

१५ साउन (रासस ÷एएफपी) ः पेरुमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख नाघेको बुधबार जनाइएको छ ।पेरुमा गत छ हप्ता भन्दा बढी समयदेखि नै कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ । पेरुमा राष्ट्रव्यापी रूपमा कोरोना भाइरस सङ्क्रमणको कारण १९ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

ल्याटिन अमेरिकी देश ब्राजिल र मेक्सिकोपछि कोभिड १९ को सङ्क्रमितको संख्या पेरुमा बढी रहेको छ । गत २४ घण्टामा पेरुमा कोरोना भाइरस सङ्क्रमणको कारण २०४ व्यक्तिको मृत्यु भएको र पाँच हजार ६७८ व्यक्तिको थप सङ्क्रमित भएका छन् । यो संख्या गत जुन १२ पछिको सवभन्दा बढी भएको समाचारमा जनाइएको छ । पेरुले राजधानी लिमालगायत देशका कैयौ क्षेत्रहरूमा गत जुलाई १ देखि राष्ट्रव्यापी लकडाउन हटाइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology