• Saturday 1st of August 2026

वाग्मती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाकोे बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई वटा विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम उहाँले प्रमाणीकरण गर्नुभएको हो । प्रमाणीकरण गर्नुभएको विधेयकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७७ र प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७७ रहेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology