• Saturday 25th of July 2026

रु चार अर्बभन्दा बढी राजस्व असुली


  • गोकर्णेश्वर अनलाइन

आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७६÷०७७ मा रु चार अर्ब ६८ करोड ७२ लाख ८० हजार राजस्व असुली गरेको छ । यो आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा करीब १० प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०७४÷०७५ चार अर्ब २२ करोड ४३ लाख ४८ हजार राजस्व असुली गरेको आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख अधिकृत सन्तबहादुर ढकालले बताउनुभयो ।

कार्यालयका अनुसार सङ्कलित राजस्वमध्ये अन्तः शुल्कतर्फ रु दुई अर्ब ५२ करोड १६ लाख १० हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब दुई करोड ९५ लाख ६६ हजार र आयकरतर्फ रु ८९ करोड ६० लाख ६८ हजार रहेको छ । त्यसैगरी सो कार्यालयको वार्षिक राजश्व असुली गर्ने लक्ष्यअनुसार घरबहाल कर सम्बन्धमा प्रदेश सरकारको नयाँ नियमावलीअनुसार स्थानीय निकायले नै आफ्नो नगरको घर बहाल कर असुली गर्ने गरेकाले यस वर्षदेखि सरकारको राजश्व ढुकुटीमा सङ्कलन नभएको सो कार्यालयको सूचना अधिकृत हरेराम ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology