• Saturday 25th of July 2026

रावाबैंक तुम्लिङटारमा एक्सटेन्सन काउन्टर


  • गोकर्णेश्वर अनलाइन

सङ्खुवासाभामा राष्ट्रिय वाणिज्य बैंकले खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा एक्सटेन्सन काउन्टरबाट सेवा शुरु गरेको छ । साउन २२ देखि यो सेवा शुरु गरिएको खाँदबारी शाखाका प्रबन्धक अनिष रायमाझीले बताउनुभयो । विशेष गरेर भोजपुरको उत्तरी क्षेत्रका पाँचखपन, धर्मदेवी र चैनपुर नगरपालिका तथा तुम्लिङटारका स्थानीयवासीले यहाँबाट सेवा लिने रायमाझीले बताउनुभयो ।

वाणिज्य बैंकमा कारोबार गर्न सदरमुकाम नै धाउनुपर्ने गुनासो स्थानीयवासीले गरेपछि एक्सटेन्सन काउन्टरबाट सेवा शुरु गरिएको हो । यो काउन्टरबाट नगद जम्मा, भुक्तानी, पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलबलगायत सेवा उपलब्ध हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology