• Friday 31st of July 2026

पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताउनुभएको छ । नेकपा क्षेत्र नं १ प्रदेश (क) द्वारा आयोजित बैठकमा उहाँले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्तासमेत व्यक्त गर्नुभयो ।

पार्टीको हरेक नेता÷कार्यकर्ता बैठकबाट भाग्न नहुने उहाँले बताउनुभयो । सांसद शेरबहादुर तामाङले पार्टीभित्र सामान्य समस्या रहेको र पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्न बाहिर नआएकामा आश्चर्य प्रकट गर्नुभयो । उहाँले जनभावनाविपरीत गतिविधि गर्ने हरेक नेता÷कार्यकर्ता आफैँ समाप्त हुनेसमेत बताउनुभयो । बैठकमा पूर्वसांसद सुवास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाललगायतले आफ्ना विचार राख्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology