• Saturday 25th of July 2026

धितोपत्र बजार : नेप्सेमा सामान्य गिरावट


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा सोमबार ३७ अङ्कले वृद्धि भएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ६.६१ अङ्कले घटेर एक हजार ४२३.८१ मा पुगेको छ । सेन्सेटिभ परिसूचक १.३८ ले घटेर २९७.२७ अङ्कमा पुगेको छ । आज कुल १९० कम्पनीका ३६ लाख ३० हजार ८४५ कित्ता शेयर रु एक अर्ब २७ करोड १७ लाख ३८ हजार ९१४ मा खरिदबिक्री भयो । कारोबार भएका १२ मध्ये सामूहिक लागनी कोष उपसमूहमात्र बढेको छ । सामूहिक लागनी कोष ०.०२ अङ्कले बढ्दा बैंकिङ ६.५४, व्यापार १९.२७, होटल ४३.२३, विकास बैंक ९.४२, जलविद्युत् १.०४, वित्त ०.६, निर्जीवन बीमा ३.२१, उत्पादन १६.९९, अन्य ०.५७, लघुवित्त २१.५८ र जीवन बीमा २३.१४ अङ्कले घटेको छ । कारोबार रकमका आधरमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १२ करोड १६ लाख सात हजार ८०६ मा खरिदबिक्री भयो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु आठ करोड ३९ लाख ३९ हजार ६२४, युनाइटेड इन्स्योरेन्सको रु चार करोड ७६ लाख ७० जहार ७०७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु चार करोड ७० लाख ६६ हजार ६४३, एनएमबी बैंकको रु चार करोड ५५ लाख ६४ हजार ७७८, अजोड इन्स्योरेन्सको रु चार करोड ५४ लाख ६३ हजार ५८ र एनआइसी एसिया बैंकको रु चार करोड २८ लाख ४२ हजार २४८ बराबरको शेयर कारोबार भयो । नेप्से घटे पनि आज सबैभन्दा बढी अजोड इन्स्योरेन्सका लागनीकर्ताले ९.९४ प्रतिशतले कमाएका छन् । यस्तै साधना लघुवित्त वित्तीय संस्था ९.८१, युनियन हाइड्रोपावर ८.७७, युनाइटेड इन्स्योरेन्स कम्पनी ५.२२, वेष्ट फाइनान्स ५.१, गुह्वेश्वरी मर्चेन्ट बैंक ४.९२, आँखुखोला जलविद्युत् कम्पनी ३.८५, मिथिला लघुवित्त वित्तीय संस्था ३.८० र राधी विद्युत् कम्पनीका शेयरधनीले ३.५९ प्रतिशतले कमाएका छन् ।

नेपाल फाइनान्सका शेयरधनीले सर्वाधिक ९.८ प्रतिशतले गुमाएका छन् । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ५.४६, गुराँस लघुवित्त वित्तीय संस्था ५.४५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.८१, कर्णाली डेभलपमेन्ट बैंक ३.७७, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ३.७५, श्री इन्भेष्टमेन्ट फाइनान्स ३.७३, घलेम्दी हाइड्रोपावर ३.५७, ओरियन्टल होटल ३.३५ र सोल्टी होटल लिमिटेडका लगानीकर्ताले ३.११ प्रतिशतले गुमाएको नेप्सेले उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology