• Friday 31st of July 2026

गुल्मीमा अज्ञात समूहद्वारा मोटरसाइकलमा आगजनी


  • गोकर्णेश्वर अनलाइन

गुल्मीमा अज्ञात समूहले मोटरसाइकलमा आगजनी गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा आगो लगाइएको हो । लु३९प ५२४३ नम्बरको मोटरसाइकलमा गए राति करीब २ बजे आगो लगाइएको पन्थीले बताउनुभयो ।

पन्थीटोलमै बनाइएको तरकारी सङ्कलन केन्द्रको भवनको ताला तोडेर मोटरसाइकल बाहिर निकाली आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडा पुनले जानकारी दिनुभयो । घटनाका विषयमा प्रहरीले मुचुल्का उठाएको र थप अनुसन्धान भइरहेको पुनले बताउनुभयो । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको छ । यसअघि गत असार १७ गते भवनबाटै पन्थीको मोटरसाइकल निकाली बाटामा फालिएको थियो भने त्यसको एक हप्तापछि उहाँको बारीको तरकारीको बिरुवामा क्षति पु¥याइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology