• Tuesday 28th of July 2026
  • गृहपृष्ठ
  • राष्ट्रिय खबर
  • नगरको खबर
    वडा १वडा २वडा ३वडा ४वडा ५वडा ६वडा ७वडा ८वडा ९
  • शैक्षिक खबर
  • सहकारी खबर
  • स्वास्थ्य
  • कला / साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • English

अफगानिस्तानले ४०० तालिबान लडाकूलाई जेलमुक्त नगर्ने


  • गोकर्णेश्वर अनलाइन
३० साउन (रासस÷एएनआई) : अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४०० तालिबानलाई जेलमुक्त नगर्ने भएको छ । राष्ट्रपति अस्रफ घानीले दुई दिन अघि मात्र पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिनु भएको छ । यसअघि पनि उहाँले ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै यस्तो आदेश दिनु भएको थियो । अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ । तर पनि जेलमा रहेका अरु ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाएको हो ।
संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने छ । यस बमोजिम पछिल्लो पटक गरिएको रिहाईसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई रिहाई गरिसकेको छ । तर पनि बाँकी ४०० जना भने निकै खतरनाक ठानिएका अथवा यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकूहरुलाई भने मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको बताइएको छ । तालिबान समूहले भने पछिल्लो पटक रिहाई हुन लागेका लडाकूहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको र आफ्नो माग बमोजिम पाँच हजार जना नै मुक्त गरिनुपर्ने बताएको छ ।
राष्ट्रपति घानीले गम्भीर प्रकृतिको अपराधमा संलग्न भएका ४०० तालिबानी लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताउनुभएको थियो । तर पनि उहाँले पछिल्लो समयमा भने उनीहरुको पनि रिहाइको लागि निर्देशन दिनुभएको बुझिएको छ । अफगानी ज्येष्ठ एवं प्रवुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपतिले बताउँदै आउनुभएको थियो । गएको फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख भएको थियो । त्यसैले ताबिलानहरुले ती सबै जनालाई रिहा नगर्दा सम्म आफूहरु वार्तामा नबस्ने बताएका छन् । उनीहरुलाई रिहा गरिएमा छिट्टै वार्तामा बस्ने तालिबानी समूहको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
अमेरिकामा चार हप्तामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

अमेरिकामा चार हप्तामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

चीनको वार्षिक रक्षा बजेट ७.२ प्रतिशत

चीनको वार्षिक रक्षा बजेट ७.२ प्रतिशत

फुटबल स्टार मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

फुटबल स्टार मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

टोयोटाको विश्वव्यापी कार बिक्री दरमा कमी

टोयोटाको विश्वव्यापी कार बिक्री दरमा कमी

युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा चार अर्ब तीस करोड डलर माग

युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा चार अर्ब तीस करोड डलर माग

मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दैै अमेरिका

मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दैै अमेरिका

ताजा अपडेट
  • भारतले नेपालको भूमिमात्रै नभइ नेपालले पनि भारतको भूमि प्रयोग गरेको देखिएका छःप्रधानमन्त्री बालेन्द्र शाह

    भारतले नेपालको भूमिमात्रै नभइ नेपालले पनि भारतको भूमि प्रयोग गरेको देखिएका छःप्रधानमन्त्री बालेन्द्र शाह

  • विश्वविद्यालय क्षेत्रमा प्राज्ञिक प्रणाली विकास गर्न खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको छः शिक्षामन्त्री सस्मीत पोखरेल

    विश्वविद्यालय क्षेत्रमा प्राज्ञिक प्रणाली विकास गर्न खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको छः शिक्षामन्त्री सस्मीत पोखरेल

  • स्थानीय चुनावमा गोकर्णेश्वर नगरपालिकालाई रास्वपामय बनाउँछु : नवनिर्वाचित नगर सभापति भागवत सापकोटा

    स्थानीय चुनावमा गोकर्णेश्वर नगरपालिकालाई रास्वपामय बनाउँछु : नवनिर्वाचित नगर सभापति भागवत सापकोटा

  • Six APF trainees being airlifted to Kathmandu after fainting in Kailali

    Six APF trainees being airlifted to Kathmandu after fainting in Kailali

  • आमाको जन्मदिनमा सुमनको अनुपम उपहार,छोराको हृदयभित्र लुकेको आमाप्रतिको अथाह प्रेम भिडियाेमा

    आमाको जन्मदिनमा सुमनको अनुपम उपहार,छोराको हृदयभित्र लुकेको आमाप्रतिको अथाह प्रेम भिडियाेमा

  • संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार कसैले हनन गर्न सक्दैनः सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना

    संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार कसैले हनन गर्न सक्दैनः सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना

  • पार्टीले सभापति रवि लामिछानेको बिकल्प खाेज्दैनः गणेश पराजुली

    पार्टीले सभापति रवि लामिछानेको बिकल्प खाेज्दैनः गणेश पराजुली

  • वैदेशिक रोजगारीका क्षेत्र देखिएका समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्न सरकार गम्भीर छः युवा,श्रम तथा रोजगारमन्त्री रामजी यादव

    वैदेशिक रोजगारीका क्षेत्र देखिएका समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्न सरकार गम्भीर छः युवा,श्रम तथा रोजगारमन्त्री रामजी यादव

  • सत्तापक्ष दलका सांसदहरु निरीहजस्तो देखिए: बर्षमान पुन

    सत्तापक्ष दलका सांसदहरु निरीहजस्तो देखिए: बर्षमान पुन

  • सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरु निलम्वन हुनपनि तयार छाैंः हर्क साम्पाङ

    सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरु निलम्वन हुनपनि तयार छाैंः हर्क साम्पाङ

Gokarneshwor Online

Gokarneshwor -6,Kathmandu.
Email:[email protected]
Phone: 4915770/9851129938
Business Inquiry:
[email protected]
DOI Regd No : 191/073/74

सोसल मिडिया

  • Like Us On Facebook
  • Like Us On X
  • Subscribe Us On Youtube
  • Follow Us On Tiktok
  • Follow Us On Instagram

न्याभिगेसन

  • समाचार
  • राजनीति
  • अर्थ
  • मनोरंजन
  • विचार
  • अन्तर्वार्ता
  • रोचक
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology
  • हाम्रो बारेमा
  • हाम्रो टिम