• Friday 31st of July 2026

बुटवलमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत बिरामीको मृत्यु भएको छ । तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । फोक्सोमा समस्या देखिएपछि उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिनुभयो ।

उहाँको प्रारम्भिक पिसिआर रिपोर्ट नेगेटिभ आए पनि पुनः गरिएको परीक्षण रिपोर्ट भने पोजेटिभ आएको छ । उहाँ अस्पताल आउँदा नै फोक्सोमा गम्भीर समस्या देखिएकाले आइसियुमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दुई र कोरोना विशेष अस्पतालमा २९ कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology