• Saturday 1st of August 2026

अछाममा राहत र उद्धार गर्न मन्त्रीबीच छलफल


  • गोकर्णेश्वर अनलाइन

सरकारले अछामको रामारोशन गाउँपालिकामा तत्काल राहत र उद्धारका कार्यलाई अगाडि बढाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज गृहमन्त्री रामबहादुर थापालाई भेटी तत्काल राहत र उद्धार कार्यलाई अगाडि बढाउने विषयमा छलफल गर्नुभएको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँहरुबीच बाढीपहिरामा परेकाको उद्धार गर्नका लाागि हेलिकप्टर र उद्धार सामग्री तथा राहत सामग्री पठाउनेछ ।

आजै नै त्यसतर्फ हेलिकप्टर राहत र उद्धारका सामग्री लिएर जाने भएको उहाँले बताउनुभयो । गाउँपालिको वडा नं ५ मा आएको बाढीका कारणले अहिलेसम्म छ जनाको शव फेला परेको छ भने करिब १७ जना बेपत्ता भएका छन्् । गएराति आएको अविरल वर्षाका कारण रामारोशनको सैनीबजार बगाएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उद्योगमन्त्री भट्टले अछामको बाढी पीडितलाई तत्काल उद्धार गर्ने विषयमा टेलिफोनमा छलफल गर्नुभएको उहाँका स्वकीय सचिव ओझाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology