• Saturday 1st of August 2026

अपाङ्ग आश्रमलाई सहयोग


  • गोकर्णेश्वर अनलाइन

वोधिसत्व विहारले तारकेश्वर नगरपालिका–४ पुरानो गुह्येश्वरीस्थित रहेको अपाङ्ग आश्रमलाई सहयोग गरेको छ । गन्तव्य नेपालको सहकार्यमा विहारले २५ अपाङ्ग बालबालिकालाई आश्रय दिएको इप्सा नेपाललाई नगदसहित खाद्य सामग्री सहयोग गरेको हो । बोधिसत्व विहार मानव सेवामा समर्पित बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय संस्था हो । सो विहारले अपाङ्ग आश्रममा नगद रु ५० हजार, २५० किलोग्राम चामल, ३० किलोग्राम दाल, ३० किलोग्राम गेडागुडी, १० किलोग्राम चिनी, दुई किलोग्राम मसलालगायतका सामग्री सहयोग गरेको छ ।

कार्यक्रममा विहारका सुप्रिम मास्टर हेगुवाङ शीले लकडाउन पूर्ण रूपमा अन्त्य नहुन्जेल संस्थामा आश्रय लिइरहेका सबैको खानपिनको सम्पूर्ण जिम्मा आफूले लिनेसमेत बताउनुभएको छ । गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले अपाङ्ग आश्रममा शौचालय र वाथरुमको असुविधा रहेकाले उक्त मर्मतका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विहारले बन्दाबन्दीको समयमा हालसम्म नेपालका विभिन्न भागमा पुगेर चार लाखभन्दा बढी व्यक्तिलाई खाना खुवाइसकेको विहार लकडाउन फुड च्यारिटीका संयोजक शान्त शर्माले बताउनुभयो । यससँगै विहारले विपन्न वर्गका सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई विशेष पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology