• Saturday 25th of July 2026

सुनको मूल्यमा ह्रास


  • गोकर्णेश्वर अनलाइन

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको छ । महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ । शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ३०० कायम थियो । पहेँलो धातुसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला रु २५ ले घटेर एक हजार ३४५ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology