• Saturday 25th of July 2026

उत्पादन घट्न नदिन उद्योग सञ्चालनको माग


  • गोकर्णेश्वर अनलाइन

उत्पादन घट्न नदिन र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसायलाई निरन्तर सञ्चालन गर्न मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनले माग गरेका छन् । दुवै संस्थाका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेको हस्ताक्षरमा जारी विज्ञप्तिमा विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी अझै लामो समय हाम्रो माझ रहिरहने प्रक्षेपण गरेको सन्दर्भमा सङ्मक्रणको जोखिमबाट बच्न विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्यसम्बन्धी आचारसंहिता अनिवार्य पालना गर्ने जनाइएको छ ।

कोरोना भाइरसबाट बच्न एक मात्र विश्वासिलो आधार सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने, निर्मलीकरण गर्ने तथा साबुनपानीले हातधुने भएकाले यसको प्रयोगलाई सबै उद्योगी व्यापारीले कडाइका साथ पालना गर्न अपिल गरिएको छ । महामारीको यस अवस्थामा उत्पादन प्रक्रियालाई निरन्तरता दिई आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पुर्याउँदै आएका उद्योग व्यवसायलाई सहजरूपमा सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गरिदिन तीनै तहका सरकारसँग एवं स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology