• Saturday 25th of July 2026

११ विद्यालयमा एकैसाथ प्रविधि मैत्री शिक्षा


  • गोकर्णेश्वर अनलाइन

बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । नेपाल दूरसञ्चार संस्थानले यहाँका ती विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा अध्यापनका लागि ठूलो मात्रमा प्राविधक सहयोग गरेको छ । संस्थानले प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्या र आवश्यकताको आधारमा प्रविधिबाटै अध्ययन अध्यापन गराउनका लागि कम्प्युटर, प्रोजेक्टर, साउण्ड सिस्टम तथा इन्टरनेट लगायतका आवश्यक उपकरण प्रदान गरेको छ । ती विद्यालयमा विद्यार्थी सङ्ख्याका आधारमा १० देखि ३० थान कम्प्युटर तथा अन्य प्रविधिमैत्री सामग्री प्रदान गरेको संस्थानले जनाएको छ ।

बागलुङ नगरपालिकास्थित रुद्रेपिपल मावि र पृथ्वी हिरण्य मावि अमलाचौर, काठेखोला गाउँपालिकाको जनकल्याण मावि भीमापोखरा र भिमसेन मावि बिहुँ, ताराखोला गाउँपालिकाको नेपाल मावि तारा र गलकोटको रत्नराज्य लक्ष्मी मावि रिघामा कम्प्युटर सहित अन्य प्राविधिक सामाग्री जडान गरिएको छ । बडिगाड गाउँपालिकाको त्रिभुवन मावि खरबाङ, ढोरपाटन नगरपालिकाको उत्तरगंगा मावि बुर्तिबाङ र ज्ञानोदय मावि, तमानखोला गाउँपालिकाकोे सरस्वती आधारभूत विद्यालय र निसीखोला गाउँपालिकाको ज्ञानेन्द्र माविलाई प्रविधिमैत्री विद्यालय छनोट गरी पूर्ण प्रविधिमैत्री शिक्षाका लागि कम्प्युटर प्रयोगशाला जडान गरिएको छ ।

विद्यालयलाई प्रविधिमैत्री बनाइ सिकाइलाई प्रभावकारी बनाउन संस्थानले भिमसेन मावि सहित जिल्लाका १० माध्यामिक र एक आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गर्नका लागि कम्प्युटर, साउण्ड, प्रोजेक्टर सहितका प्राविधिक सामग्री सहयोग गरेको भिमसेन माविका शिक्षक तथा प्रविधिमैत्री शिक्षक समाजका अध्यक्ष डिल्लीराज उपाध्यायले जानकारी दिनुभयो । “अहिले प्राविधिक रुपमै शिक्षा दिने प्रचलन बढ्दो छ, त्यसैले देशभरका विद्यालयलाई सहयोग गर्ने अभियान अन्र्तगत दूर सञ्चार संस्थानले जिल्लाका ११ विद्यालयमा कम्प्युटर प्रयोगशाला सहित प्राविधिक सामग्री सहयोग गरेको हो” उहाँले भन्नुभयो, “उक्त सामग्रीले विद्यालयमा कम्युटर शिक्षा तथा प्रविधिको माध्यमबाट इन्टरनेट तथा मल्टिमिडिया प्रणालीबाट अध्ययन अध्यापन गराउन सकिनेछ ।”

प्रयोगशाला स्थापना भएपछि विद्यार्थीलाई अध्यापन गराउन सहज हुने रुद्रेपिपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले जानकारी दिनुभयो । संस्थानले आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजन गरेको वजेट कोरोनाका कारण २०७७ साउनमा मात्रै कार्यान्वयनमा ल्याइएको संस्थानका अच्युतानन्द मिश्रले जानकारी दिनुभयो । देशैभरबाट छनौट गरिएका विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्नका लागि ओबिसिआई÷म्याक्स÷नेपा जेभीले टेण्डर मार्फत् विद्यालयमा कम्प्युटर लगायतका उपकरण जडान गरेको कम्पनीका प्रतिनिधि वतेश न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology