• Saturday 1st of August 2026

लोथ बैंकद्वारा अक्सिजन बैंक सेवा सञ्चालन


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं २ मा कोरोना सङ्क्रमणको दिनप्रतिदिन बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी क्लोथ बैंक धनुषाले अक्सिजन बैंकको सेवा सञ्चालन गरेको छ । विपन्नका लागि लुगा सहयोग गर्दे आएको सो बैंकले कोरोना सङ्क्रमणको गम्भीरतालाई ध्यानमा राख्दै बेडका अभावमा होम आइसोलेशन बसेका सङ्क्रमितलाई बैंकले अक्सिजन सिलिण्डरको व्यवस्थापन सेवा सञ्चालन गरेको छ । बैंकका अध्यक्ष राजीव झाका अनुसार घरमै बसेर चिकित्सकको निगरानीमा उपचार गराइ रहेकालाई बैंक निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आएको छ ।

घरमै चिकित्सकको निगरानीमा उपचार गराइरहेकामध्ये बैंकले अहिले २२ थान अक्सिजन सिलिण्डर उपलब्ध गराइ निःशुल्क चिकित्सकीय परामर्श सेवा पनि सञ्चालन गरिरहेको जनाइएको छ । चिकित्सक टोलीका सदस्य शैलेन्द्र झाले धनुषा जिल्लाका ३० ,सप्तरीका २, सिरहाका २ ,महोत्तरीका २ , सर्लाहीका ४ र पर्साका १८ जना सङ्क्रमितले चिकित्सकीय परामर्श लिइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology