वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रमाणीकरण गर्नुभएको छ ।
उहाँले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट साउन ६ गते पारित भई आएको उक्त विधेयक आज प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिनुभयो ।
