• Saturday 1st of August 2026

६६ पिण्ट रगत सङ्कलन


  • गोकर्णेश्वर अनलाइन

देशभरि रगतको आपूर्तिमा कमी भइरहेका अवस्थामा आज ६६ व्यक्तिले रक्तदान गर्नुभएको छ । मानव अधिकार तथा शान्ति समाज, नयाँबस्ती युवा क्लब र गोकर्णेश्वर स्वयंसेवी परिचालन समितिले काठमाडौँमा आयोजना गरेको रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि शुरु भएको थियो ।

कोभिड–१९ का कारण भौतिक दूरी कायम गरेर आवश्यक सजगताका साथ रक्तदानको व्यवस्था मिलाइएको थियो । शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले देशैभरि रगत अभाव भइरहेका अवस्थामा इच्छुक व्यक्तिबाट रगत सङ्कलन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology