• Saturday 1st of August 2026

शिशुवा अस्पतालमा शल्यक्रिया मार्फत प्रसूति सेवा


  • गोकर्णेश्वर अनलाइन

पोखरा महानगरपालिकाअन्र्तगत लेखनाथस्थित शिशुवा अस्पतालमा बिहीबार पहिलोपटक शल्यक्रियामार्फत प्रसूति सेवा उपलब्ध गराइएको छ । शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डा रुपेशसिंह बस्नेत नेतृत्वको चिकित्सक टोलीले एक महिलाको सफल शल्यक्रिया गरेको हो । बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भै पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल शल्यक्रिया गरी प्रसुती गराइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रतीभा कोइरालाले जानकारी दिनुभयो ।

अस्पतालबाट यसअघि सामान्य सुत्केरी सेवा उपलब्ध हुँदै आएकामा अबदेखि शल्यक्रियामार्फत पनि प्रसुती सेवा शुरु भएको उहाँको भनाइ छ । लेखनाथ क्षेत्रका महिलालाई शल्यक्रियामार्फत प्रसुती गराउन पोखरासम्मै जानुपर्ने बाध्यता हटेको छ । तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा प्रसुती सेवाका लागि आवश्यक पूर्वाधार तयार भएको थियो भने पोखरा महानगरपालिकाको पनि केही सहयोग गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology