• Saturday 1st of August 2026

टाउको काटी हत्या गरिसकेपछि आत्मसमर्पण


  • गोकर्णेश्वर अनलाइन

नीलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गए राति एक जनाको हत्या गरी अभियुक्त जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न आएका छन् । स्थानीयवासी सोमबहादुर गुरुङसँग सामान्य विवाद हुँदा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अभियुक्त राजु परियारले जनाएका छन् । हत्यामा संलग्न अभियुक्त २६ वर्षीय परियारले गुरुङको टाउको र हत्या गर्न प्रयोग गरिएको हतियारसहित जिप्रकामा आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । हत्या आरोपितलाई कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ । शव धादिङ अस्पतालमा परीक्षणका लागि राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology