• Tuesday 28th of July 2026

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै ८६ हजार सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

२० भदौ (रासस÷एएनआई) : कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको भनाई छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४० लाख २३ हजार १७९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या ६९ हजार ५६१ पुगेको छ । ती मध्ये एक हजार ८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित भएकाहरु मध्ये ३१ लाख सात हजार २२३ जना अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । त्यसैगरी अरु आठ लाख ८६ हजार ३९५ जना भने अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म देशभरी चार करोड ७७ लाख जनाको कोरोना परीक्षण गरिएको छ भने परीक्षणको क्रम अझै पनि जारी नै रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology