• Sunday 2nd of August 2026

डडेल्धुरामा निषेधाज्ञाको अवधि थप


  • गोकर्णेश्वर अनलाइन

डडेल्धुरामा कोभिड–१८ को सङ्क्रमण बढेसँगै भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गतेसम्मका लागि दोस्रोपटक निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । योभन्दा पहिले भदौ १२ देखि १९ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । भदौ १९ गते राति १२ बजेदेखि जारी हुने गरी भदौ ३१ गतेसम्म जिल्लामा सञ्चालित सार्वजनिक, निजी सवारी साधनहरु जोर बिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने, सवारी पासबिना अन्य जिल्लाबाट डडेल्धुरा जिल्लामा आउने सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउनेजस्ता निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा हुने सार्वजनिक मेला, पर्व, भेलालगायत सभासम्मेलनलाई पूर्णरुपमा निषेध गरिएको छ भने अत्यावश्यक वस्तुका पसलबाहेक अन्य सबैखाले पसलहरु बिहान ६ देखि बेलुका ७ बजेसम्म खुल्न सक्ने भएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको निर्णय उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनअनुसार कारबाही गरिनेसमेत जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology