• Tuesday 28th of July 2026

बेलायतको बर्मिङ्घममा अज्ञात समूहको आक्रमणबाट कैयौँ घाइते : प्रहरी


  • गोकर्णेश्वर अनलाइन

बेलायतको बर्मिङ्घम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा ‘कैयौँ’ व्यक्ति घाइते भएका प्रहरीले बताएको छ । इङ्ल्याण्ड राज्यको दोस्रो ठुलो शहर बर्मिङ्घममा भएको उक्त आक्रमणलाई प्रहरीले ‘ठूलो आक्रमण’ भएको बताएको छ तर घटनामा कति व्यक्ति घाइते भए भन्नेबारेमा केही उल्लेख गरिएको छैन ।

‘वेस्ट मिडल्याण्ड’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मध्य राति करिब १२ः३० बजे बर्मिङ्घम सहरको मध्यक्षेत्रमा छुरा प्रहार भएको जानकारी प्राप्त भएको छ ।” उक्त घटना लगत्तै वरपरका क्षेत्रमा छुरा आक्रमणका अन्य घटना भएका र यो आक्रमणलाई सहरको केन्द्रमा भएको ‘भयङ्कर ठूलो घटना’ मा कैयौँ’ व्यक्ति घाइते भएका जानकारी प्राप्त भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology