• Wednesday 9th of September 2026

नेप्सेमा गिरावट


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.४५ अङ्कले घटेर एक हजार ४९९.९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५४ अङ्कले घटेर ३०२.१९ मा पुगेको छ । आज कूल १९१ कम्पनीका ७० लाख ३८ हजार ९९० कित्ता शेयर रु दुई अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ मा खरिदबिक्री भयो । कारोबार भएको कूल १२ मध्ये दुई उपसमूहको शेयर बढेको छ । व्यापार २२.६३ र सामूहिक लगानी कोष ०.०१ अङ्कले बढ्दा बैंकिङ ८.१४, होटल २५.५९, विकास बैंक २०.८, जलविद्युत् ५.७४, वित्त २, निर्जीवन बीमा २५.६१, उत्पादन ४०.४३, अन्य १२.६५, माइक्रोफाइनान्स १०.२७ र जीवन बीमा २६.३३ अङ्कले घटेको छ । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छ ।

सो कम्पनीको शेयर रु ४० करोड १३ लाख एक हजार ८४ मा कारोबार भई शीर्ष स्थानमा रह्यो । नेपाल बैंक लिमिटेड रु ११ करोड ७३ लाख ५२ हजार ९८६, नेको इन्सुरेन्स रु १० करोड एक लाख ५४ हजार ४५९, अरुण काबेली पावर लिमिटेड रु आठ करोड ८२ लाख ३३ हजार २६९, शिखर इन्सुरेन्स रु आठ करोड २५ लाख ५८ हजार ५२५ र शिवम् सिमेन्ट्स लिमिटेडको रु सात करोड ८४ लाख ४८ हजार ५६१ मा कारोबार भई शीर्ष स्थानमा रह्यो । उन्नति सहकार्य लघुवित्त ९.९०, अरुणभ्याली हाइड्रोपावर लिमिटेड ९.८२, जोशी हाइड्रोपावर ९.७२, राधी हाइड्रोपावर ९.६२, युनिभर्सल पावर ९.५२, नेपाल हाइड्रो डेभपलपर्स ६.६७ र अरुण काबेली पावरका शेयरधनीले ५.९९ प्रतिशतले कमाए ।

यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर ९.८७, रसुवागढी हाइड्रोपावर कम्पनी ५.२९, हिमाल दोलखा हाइड्रोपावर कम्पनी ४.४, छ्याङ्दी हाइड्रोपावर ३.८१, श्री इन्भेष्टमेन्ट प्रालि ३.७५ र मल्टीप्रपोज फिनान्स कम्पनीका लगानीकर्ताले ३.६४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology