• Sunday 2nd of August 2026

खोलाले बगाएर खोलाले बगाएर बेपत्ता


  • गोकर्णेश्वर अनलाइन

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ मा माछा मार्न गएका युवा खोलाले बगाएर बेपत्ता भएका छन् । सङ्खुवा खोलाले बगाउँदा सिलिचोङ–२ दाङखिदाका ३० वर्षीय सुवास कुलुङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको सङ्खुवा खोलामा माछा मार्न गएका ३० वर्षीय कुलुङलाई आइतबार बिहान ९ः३० बजे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले जानकारी दिनुुभयो । बेपत्ता भएका कुलुङको खोजी कार्य जारी रहेको सिलिचोङ गाउँपालिका–२ का वडाध्यक्ष मोहनशमशेर कुलुले बताउनुभयो । खराब मौसमका कारण खोजी कार्यका समस्या भएको र सोमबार पनि खोजी कार्य जारी रहने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology