• Tuesday 28th of July 2026

आँधी प्रभावित क्षेत्रका ११ लाख व्यक्तिलाई स्थानान्तरणका लागि निर्देशन


  • गोकर्णेश्वर अनलाइन

जापानमा आँधी प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई अन्यत्र सार्न निर्देशन दिइएको छ । देशको दक्षिणपश्चिमी क्षेत्रका ११ लाखभन्दा बढी स्थानीय बासिन्दालाई तत्काल अन्य स्थानमा सार्न सोमबार निर्देशन दिइएको हो । उनीहरुलाई सागा, नागासाकी, कुमामोतो र कागोशिमामा सार्न सिफारिस गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

जापानमा गत आइतबार राति आएको हाइशेन नामक विशाल आँधीले जापानको दक्षिणपश्चिमी क्षेत्रका क्युशुलगायतका ठाउँमा ठूलो क्षति पुर्याएको छ । आँधीका कारण अहिलेसम्म कम्तीमा ५० जना घाइते भएको र पाँच लाख घरपरिवार प्रभावित भएका छन् । उनीहरुको घरमा अहिले विद्यूत, सञ्चारलगायतका सेवामा समस्या उत्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology