• Saturday 25th of July 2026

नेप्सेमा सामान्य सुधार


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । आइतबार र सोमबार लगातार दोहोरो अङ्कमा ओरालो लागेको नेप्सेमा आज सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ७.३५ अङ्कले सुधार आइ एक हजार ४९५.१५ मा पुगेको छ । सोमबार दोहोरो अङ्कले गिरावट हुँदा नेप्से एक हजार ४८७.८१ अङ्कमा पुगेको थियो । यस्तै आइतबार पनि १०.४५ अङ्कले घटेर नेप्से एक हजार ४९९.९७ मा सीमित भएको थियो । नेप्सेमा सुधार आए पनि कारोबार रकम भने पौने दुई अर्बमा सीमित भएको छ । आज कूल १९० कम्पनीका ४१ लाख ८० हजार ८१६ कित्ता शेयर रु एक अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ मा खरिदबिक्री भयो । कारोबार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २.५८ र होटल उपसमूहको शेयर ४.९६ अङ्कले घटेको छ ।

यस्तै व्यापार ८१.३, विकास बैंक ७.०४, जलविद्युत् २१.१, वित्त ४.४९, निर्जीवन बीमा ७३.४३, उत्पादन ८०.६४, अन्य १२.५६, लघुवित्त १९.१६, जीवन बीमा ४८.५९ र सामूहिक लगानी कोषको एकाइ ०.०१ अङ्कले बढेको छ । कारोवार रकमका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु २७ करोड ५५ लाख ३९ हजार ९६७ बराबरको शेयर खरिद बिक्री भयो । यस्तै नागरिक लगानी कोष रु १२ करोड २२ लाख ९६ हजार २७७, नेको इन्स्योरेन्स रु नौ करोड ९१ लाख ९० हजार २१०, शिवम् सिमेन्ट्स प्रालि रु आठ करोड २८ लाख ४९ हजार १४२, चिलिमे जलविद्युत् कम्पनी रु आठ करोड २६ लाख १८ लाख ३८३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु चार करोड ९७ लाख ५५ हजार ४४५, मञ्जुश्री फाइनान्स रु चार करोड ३८ लाख ६५ हजार ८०१, नेपाल बैंक लिमिटेड रु चार करोड एक हजार ५४२ र शिखर इन्स्योरेन्स कम्पनीको शेयर रु तीन करोड ६४ लाख २८ हजार ८४७ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो ।

साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले आज सबैभन्दा बढी ९.९९ प्रतिशतले कमाए । यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था ९.९३, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९१, जोशी हाइड्रोपावर ९.३०, चिलिमे हाइड्रोपावर ६.९०, नागरिक लगानी कोष र मञ्जुश्री फाइनान्स समान ६.३४/६.३४, घोडीघोडा लघुवित्त वित्तीय संस्था ६.१९, आशा लघुवित्त वित्तीय संस्था ६.०७ तथा रिलायन्स लाइफ इन्स्योरेन्सका शेयरधनीले ५.५९ प्रतिशतले कमाए । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ९.८६ प्रतिशतले गुमाए । यसैगरी पञ्चकन्यामाइ हाइड्रोपावर ६.३२, आँखुखोला जलविद्युत् कम्पनी ५्९७, घलेम्दी हाइड्रो ४.४१, युनिभर्सल पावर कम्पनी ३.९६, रैराङ हाइड्रोपावर ३.६७, दिव्यश्वरी हाइड्रोपावर ३.५१, पाँचथर पावर कम्पान्ट २.९९, युनाइटेड मोदी हाइड्रोपावर २.६८ र पोखरा फाइनान्सका शेयरधनीले २.६५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology