• Sunday 2nd of August 2026

झरना साहित्यिक परिवारलाई एक कठ्ठा जमीन


  • गोकर्णेश्वर अनलाइन

मकवानपुरस्थित बकैया गाउँपालिकाले साहित्यिक संस्था झरना साहित्यिक परिवारलाई भवन निर्माण गर्नका लागि एक कठ्ठा जमीन दिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा बसेको आजको बैठकले बकैया– ४ जुरेली हाटबजारको उत्तरतर्फ कार्यालय भवन बनाउन जमीन उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त जमीनमा संस्थाको मुख्य कार्यालयसहित सभागृह तथा पुस्तकालय निर्माण गरिने परिवारका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो । बकैया गाउँपालिकालाई केन्द्रविन्दु बनाएर परिवारले जिल्ला, प्रदेश तथा देशव्यापी कार्यक्रम गर्ने गौतमको भनाइ छ । गाउँपालिका अध्यक्ष खनालले अन्य थप सहयोग गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

यो पनि हेर्नुहोस :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology