• Sunday 2nd of August 2026

बागलुङमा पहिराले पुर्दा एक जना बेपत्ता


  • गोकर्णेश्वर अनलाइन

बागलुङकोे बडिगाड गाउँपालिकामा पहिराले पुरिएर एक जना बेपत्ता भएका छन् । बिहीबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिराले बारीमा काम गर्दै आएका बडिगाड गाउँपालिका–१० निगलपानीका– ३५ वर्षीय दानबहादुर घर्तीमगर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो । घर्तीमगर आज बिहान तरकारीबारीमा काम गरिरहँदा माथिबाट खसेको पहिराले पुरेर बेपत्ता हुनुभएको हो । स्थानीयवासीको सक्रियतामा बेपत्ताको खोजी जारी छ । घटनास्थलतर्फ भीमगिठे प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खटाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology