लमजुङस्थित बेँसीसहर नगरपालिका– २ गैरी र वडा नं. ११ चिति बरबोटको चेपाङबस्ती जोड्ने निर्माणधीन मस्र्याङ्दी नदी झोलुङ्गे पुल । गण्डकी प्रदेश सरकारको रु २ करोड ९३ लाख ४३ हजारमा निर्माणधीन २५६ मिटर लम्बाई र करिब साढे एक मिटर चौडाई रहेको यस पुलको काम ८० प्रतिशत सम्पन्न भएको छ । तस्बिर : जनक श्रेष्ठ÷रासस
